+
+

बीटीएसका सुगालाई अदालतले तिरायो ११ हजार डलर जरिवाना

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १४ गते १३:५०

काठमाडौं । के-पप ब्याण्ड बीटीएसका सुगालाई मादक पदार्थ सेवन गरी इलेक्ट्रिक स्कुटर चलाएको आरोपमा १५ मिलियन युआन (११ हजार ५०० अमेरिकी डलर) जरिवाना तिराइएको बीबीसीले जनाएको छ ।

मिन युन–गी वास्तविक नाम भएका गायकलाई सियोलस्थित घर नजिक स्कुटरबाट लडेपछि उठ्न खोज्दै गरेको बेला उनले मादक पदार्थ सेवनपछि मातेको हालतमा पाइएको थियो ।

प्रहरीलाई उध्दृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार ३१ वर्षीय गायकको रगतमा अल्कोहलको मात्रा ०.२७७ प्रतिशत थियो, जुन ०.०८० प्रतिशत थ्रेसहोल्ड भन्दा अधिक हो । पछिल्लो शुक्रबार सियोलस्थित अदालतले उनलाई जरिवानाको सजाय सुनाएको हो ।

हाल सामाजिक सेवा एजेन्टको रूपमा अनिवार्य सैन्य कर्तव्य निर्वाह गर्दै आएका गायकको यसअघि नै ड्राइभिङ लाइसेन्स खारेज भइसकेको छ ।

०.२ प्रतिशतभन्दा बढी रगतमा अल्कोहलको मात्रा लिएर गाडी चलाउँदा दक्षिण कोरियाली सडक ट्राफिक ऐन अन्तर्गत पाँच वर्षसम्मको जेल सजाय वा २० मिलियन वोनसम्म जरिवाना हुनसक्छ ।

सियोलको सैन्य जनशक्ति प्रशासनले सुगालाई सैन्य कानुन नभएर ट्राफिक कानुन अनुसार कारबाही गरिने बताएको छ किनभने उक्त घटना आधिकारिक समयभन्दा बाहिर भएको थियो ।

अगस्टको अन्तमा, बीटीएस सदस्यले हस्तलिखित माफी माग्दै आफूले ब्याण्डको नाम कलंकित गरेको बताएका थिए ।

‘मैले मेरा सदस्य र हाम्रा प्रशंसकसँग मिलेर बनाएका बहुमूल्य सम्झनामा ठूलो दाग पोतेको छु । मैले बीटीएसको नाम कलंकित गरेको छु’ उनले लेखेका थिए ।

संसारको सबैभन्दा लोकप्रिय युवक ब्याण्डका सात सदस्य सन् २०२२ देखि अनिवार्य सैन्य सेवामा संलग्न छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?