+

बेरिएट्रिक सर्जरीबाट कसरी मोटोपन घटाइन्छ ?

यसमा चिरफार गरिंदैन

मोटोपन घटाउन प्रयोगमा आएको क्लिनिकल विधि हो, बेरिएट्रिक सर्जरी । यद्यपि यसमा चिरफार गरिंदैन ।

‘वेट लस सर्जरी’

यसमा दूरबीनको माध्यमबाट शल्यक्रिया गरिन्छ, जसलाई सामान्य भाषामा ‘वेट लस सर्जरी’ भनिन्छ ।

Advertisement

कसले गर्न सक्छन् यस्तो शल्यक्रिया

बेरिएट्रिक सर्जरी सबै किसिमको मोटोपन भएकालाई भने गरिदैन । यसका लागि बीएमआईको मापन गर्नुपर्ने हुन्छ ।

बडी मास इन्डेक्सन के हो ?

मान्छेको मोटोपन नाप्ने वैज्ञानिक इकाइ हो, बडी मास इन्डेक्सन (बीएमआई) । बीएमआई निकाल्नका लागि मान्छेको उचाइ मिटरमा र तौल किलोमा नापिन्छ ।

बेरिएट्रिक सर्जरीका लागि अनुमति

बीएमआई २७ भन्दा माथि भएकालाई विश्व स्वास्थ्य संगठनले बेरिएट्रिक सर्जरीका लागि अनुमति दिएको छ । मोटोपनको कारण हुन सक्ने स्वास्थ्य जटिलताबाट बच्न बेरिएट्रिक सर्जरी उपयुक्त हुन्छ ।