+
+

विपद पीडितलाई राहत दिन र बेपत्ताको खोजी गर्न मानव अधिकार आयोगको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १४ गते १५:४२

१४ असोज, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले बाढी, पहिरो र डुबानबाट पीडितलाई राहत दिन र बेपत्ताहरुको खोजीलाई निरन्तरता दिन सरकारलाई आग्रह गरेको छ ।

केही दिनदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढी, पहिरो एवं डुबानका घटनामा परी हालसम्म १९२ जना मृत्यु, ३० जना बेपत्ता र १९४ जना घाइते भएका छन् । मानव अधिकार आयोगले विपदपछिको अवस्थाबारे आयोगले अनुगमन गरेको भन्दै विपदपीडितको अवस्था नाजुक रहेको बताएको छ ।

सुरक्षा निकायबाट उद्धारको लागि तदारुकताका साथ काम गरेको तर सामग्री पर्याप्त नहुँदा उद्धार कार्य प्रभावकारी हुन नसकेको आयोगले जनाएको छ । त्यस्तै सरकारले घाइतेहरुको निःशुल्क उपचार गर्ने निर्णय गरे पनि सम्पूर्ण उपचार निःशुल्क हुन नसकेको अनुगमनबाट देखिएको आयोगका प्रवक्ता टीकाराम पोखरेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

आयोगले घाइतेहरुको सबै प्रकारका स्वास्थ्योपचारको निःशुल्क व्यवस्था मिलाउन तथा बसोबासको व्यवस्था गर्न पनि सरकारलाई आग्रह गरेको छ ।

त्यस्तै प्रकृतिक विपद्पछि खाद्यान्नलगायत उपभोग्य सामग्रीमा हुनसक्ने कृत्रिम अभाव, अस्वाभाविक मूल्यवृद्धि र संक्रामक रोगहरु फैलिन सक्ने अवस्थाप्रति सचेत रहन आयोगले सबैलाई सचेत गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?