+

राँगाको मासुमा हुनसक्छ फित्तेजुका, के हानि गर्छ ?

ताजा मासुमा पनि फित्ते जुका

राँगा भैंसीको ताजा मासुमा पनि फित्ते जुका भेटिन्छ । यसलाई मेडिकल भाषामा ‘टेनिया स्याजिनाटा’ भनिन्छ ।

आन्द्रामा हुन्छ यस्तो जुका

मुख्यत: राँगाभैंसीको आन्द्रामा यस्तो जुका हुन्छ । त्यहींबाट अन्यत्र पनि फैलिने गर्छ ।

Advertisement

घाँसपानी खाँदा राँगाभैंसीको आन्द्रामा पुग्छ

दिसा लगायतमा यसको अण्डा हुन्छ, जुन घाँसपानी खाने क्रममा राँगाभैंसीको आन्द्रामा पुग्छ । त्यही यसको लार्भा बन्छ ।

मासुमा जुका भेटिन्छ

आन्द्राबाटै यो जनवारको अन्य भागमा फैलिन्छ र सिस्ट (पानीको फोका) बन्छ । त्यस्तो जनावरलाई काट्दा मासुमा जुका भेटिन्छ ।

त्यो सहजै मान्छेको शरीरमा पुग्छ

राँगाको मासु विभिन्न परिकार बनाएर खाइने गरिन्छ । यदि उक्त मासुमा फित्ते जुकाको लार्भा भएमा त्यो सहजै मान्छेको शरीरमा पुग्छ ।

कलेजो, मिर्गौला, मांसपेशी र मस्तिष्कसम्म पुग्ने जोखिम

फित्तेजुकाले आन्द्रामा अण्डा पार्न सक्छ र त्यो रगतको माध्यम हुँदै शरीरको अन्य अंगमा फैलिन सक्छ । कलेजो, मिर्गौला, मांसपेशी र मस्तिष्कसम्म पुग्ने जोखिम छ ।