+
+

बेलायतमा  काव्य-सन्ध्या : सारङ्गी र टुङ्नाको धुनमा कविता वाचन

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १४ गते १६:३१

काठमाडौं । बेलायतको एल्डरसटमा काव्य-सन्ध्या कार्यक्रम गरिएको छ । अनौपचारिक शैलीको उक्त कार्यक्रममा कोही पनि सभापति र अतिथि विना आठजना कविहरूले सारङ्गी र टुङ्नाको मधुर धुनमा कविता वाचन गरेका छन् । आठ कविले एउटै मञ्चबाट २४ वटा कविता सुनाए ।

पहिलोपटक भएको ‘काव्य-सन्ध्या । दुईघण्टा चलेको कार्यक्रममा मात्र कविता वाचन र संगीतको प्रस्तुति गरिएको थियो ।

कविहरू खुपेन सुनुवार, काङमाङ नरेश राई, जीवन तिवारी, डा. संगीता स्वेच्छा, डा. रूपक श्रेष्ठ, निर्भीकजंग रायमाझी, शान्ति लिम्बू तथा मुकेश राईले आफ्ना तीन-तीनवटा कविता सुनाउँदा संगीतकार रोशन महर्जनले सारङ्गी र टुङ्ना बजाइरहेका थिए । उद्घोषण तथा कविहरूलाई मेन्टरिङ गर्ने काम साहित्यकार केदार संकेतले गरे ।

‘साहित्य संगालो, बेलायत’को संयोजनमा भएको कार्यक्रमको अन्त्यमा डा. संगीता स्वेच्छा, शान्ति लिम्बू र काङमाङ नरेश राईका नवीनतम कृतिहरूको बिक्री तथा पुस्तक हस्ताक्षर गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?