+
+

गणेश रसिकलाई पूर्वराष्ट्रपति भण्डारीको सम्मान

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १४ गते १६:४३

काठमाडौं । प्रसिद्ध कलाकार तथा लेखक गणेश रसिकलाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सम्मान गरेकी छन् । भोजपुरका नागरिकहरुको तर्फबाट रसिकलाई सोमबार सम्मान दिंदै भण्डारीले नेपाली साहित्य र कलाक्षेत्रमा रसिकले पुर्‍याएको योगदानको प्रशंसा गरिन् ।

भोजपुर सेवा समाजले आयोजना गरेको सम्मान तथा रसिकसम्बन्धी अभ्यर्थना ग्रन्थ लोकार्पण गर्दै पूर्वराष्ट्रपति भण्डारीले नेपाली वाङ्मय क्षेत्रमा उनको योगदान बिर्सनै नसकिने बताइन् ।

भोजपुरको छिनामखुमा जन्मेका रसिकले घरबेटी नानी, रातो भाले, मलाई प्यारो लाग्छ, धेरै सम्झे धेरै हुन्छ जस्ता दर्जनौं गीतमा रचना, संगीत तथा स्वर दिएका छन् । उनले साझा प्रकाशन, सांस्कृतिक संस्थान, प्रज्ञा प्रतिष्ठान जस्ता राजकीय कला संस्थाहरुको नेतृत्व पनि गरेका छन् । इलाममा बसोबास गर्दै आएका रसिकले कोभिडकालमा पत्नी नीरा गुमाएसँगै काठमाडौंमा बस्न थालेका हुन् ।

वाङ्मय क्षेत्रमा रसिकले दिएको योगदानबारे प्राध्यापक अभि सुवेदीले लामो चर्चा गरे । उनले लेखेको उकालीमा एक्लै हुँदा गीतमा रसिकले संगीत र स्वर दिएका छन् । रसिकले आफूलाई गाउँ-समाजले सम्झना गरेको भन्दै आभार व्यक्त गरे । उनले स्वास्थ्यले साथ दिएमा अझै सिर्जनामा लागिरहने अठोट पनि गरे ।

रसिकका दशगजामा उभिएर, आकाशगंगाको ओतमुनि, जब सिस्नुहरु टेक्दै हिंडे जस्ता दर्जनौं पुस्तक प्रकाशित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?