+

शिशिर र सञ्जय जिल्लास्तरीय स्नुकरको फाइनलमा

२०८१ असोज  १४ गते १८:०० २०८१ असोज १४ गते १८:००
शिशिर र सञ्जय जिल्लास्तरीय स्नुकरको फाइनलमा

१४ असोज, बुटवल । भैरहवाका शिशिर गुरुङ र बुटवलका सञ्जय कार्की भैरहवामा जारी आठौंं रुपन्देही जिल्लास्तरीय मेयर कप स्नुकर प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।

भैरहवास्थित क्रेजी क्यू क्लब हाउसमा भएको सेमिफाइनलमा कुनाल श्रेष्ठलाई ४–३ ले हराउंदै शिशिर तथा सञ्जयरत्न बज्राचार्यलाई ४–२ ले हराउँदै सञ्जय कार्की फाइनलमा पुगेका हुन् ।

रुपन्देही पुल तथा स्नुकर संघको आयोजना तथा सिद्धार्थनगर नगरपालिकाको सहयोगमा जारी प्रतियोगिताको फाइनल खेल भोलि मंगलबार हुने खेल संयोजक एवं संघका सल्लाहकार विजय थापाले जानकारी दिए ।

प्रतियोगितामा रुपन्देहीका एक सय २८ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगिताको उपाधि विजेताले नगद ६१ हजार रुपैयाँ तथा उपविजेताले नगद २५ हजार रुपैयाँ, सर्वाधिक ब्रेकरले नगद १० हजार रुपैयाँ पाउने खेल संयोजक थापाले बताए ।

यसअघि संघको आयोजनामा सात वटा जिल्लास्तरीय प्रतियोगिता बुटवलमा भइसकेकामा यसपटक भैरहवामा आयोजित प्रतियोगिताले भैरहवा क्षेत्रका खेलाडीहरुमा उत्साह बढेको संघका अध्यक्ष सुजन पुनले बताए ।

भैरहवा स्नुकर
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय