+

कर्णालीको मुख्य प्रशिक्षक तथा निर्देशकमा ज्ञानेन्द्र मल्ल

२०८१ असोज  १४ गते १८:३० २०८१ असोज १४ गते १८:३०
कर्णालीको मुख्य प्रशिक्षक तथा निर्देशकमा ज्ञानेन्द्र मल्ल

१४ असोज, काठमाडौं । नेपालका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली कर्णाली याक्सको मुख्य प्रशिक्षक तथा निर्देशकमा नियुक्त भएका छन् ।

कर्णालीले सोमबार एक पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएको हो । कर्णालीको स्वामित्व हिमालयन बिल्डर्स एन्ड इन्जिनियर्सले लिएको छ ।

ज्ञानेन्द्रले गतवर्ष नेपाली टोलीबाट सन्न्यास लिएका थिए । नेपाली क्रिकेट इतिहासका एक सफल ब्याटर उनी पटक पटक फ्रेन्चाइज लिगमा प्रशिक्षक बनेका हुन् । गत फागुनदेखि उनी नेपाल ए को प्रशिक्षक हुन् । क्रिकेट एकेडेमीमा प्रशिक्षण दिएको लामो अनुभव पनि छ ।

कर्णालीले आफ्नो लोगो पनि सार्वजनिक गरेको छ । नाम कर्णाली एक्स राखिएको छ । लोगोमा पनि एक्सको राखिएको छ ।

हिमालयन बिल्डर्सले देश तथा विदेशमा निर्माणको काम गर्दै आएको छ । कर्णालीको मार्की खेलाडीमा सोमपाल कामी छन् ।

कर्णाली एक्स ज्ञानेन्द्र मल्ल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय