+
+

दाउन्नेमा सडक भासिएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १४ गते १८:३५

१४ असोज, बुटवल । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिंदा राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ ।

बर्दघाट नगरपालिका – ४ दाउन्ने जंगलस्थित खुर्सानी खोलामा सडक भासिएपछि सवारी आवागमन ठप्प भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी डीएसपी रेशम बोहराले जानकारी दिए ।

सडकको माथिल्लो भागमा रहेको पर्खाल भत्किएपछि विद्युत् हाइटेन्सन लाइन सडकमा ढलेको थियो । उक्त पोल हटाउने प्रयास गर्दागर्दै सडक भासिएपछि राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको हो ।

सोमबार साँझ ५ बजेपछि अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहे पनि तत्काल सम्भव नभएको प्रहरीले जनाएको छ । सडक डेढ फिट भासिएको र बाँकी भाग पनि चर्किएकाले मर्मतसम्भारका लागि सडक डिभिजन कार्यालय चितवन र विद्युत् प्राधिकरणसँग समन्वय भइरहेको डीएसपी बोहराले बताए ।

सडक अवरुद्ध भएपछि नारायणगढबाट आउँदै गरेका सवारी साधनलाई दुम्कीबास र बुटवल तर्फबाट जाँदै गरेका सवारी साधनलाई बर्दघाटमा रोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?