+
+

वायुसेवा सञ्चालक संघले तत्काल माथिल्लो सीमामा टिकट नबेच्ने 

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १४ गते १८:५०

१४ असोज, काठमाडौं । वायुसेवा सञ्चालक संघ, नेपालले बाढी-पहिरोबाट क्षतिग्रस्त सडक सञ्जाल सञ्चालनमा नआएसम्म सरकारले तोकेको माथिल्लो सीमाको भाडादरमा टिकट नबेच्ने निर्णय गरेको छ ।

संघका अध्यक्ष समिज कार्कीले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै विपद्‍को समयमा सर्वसाधारणको हितलाई ध्यानमा राखेर यस्तो निर्णय गरिएको जानकारी दिएका हुन् ।

गत बिहीबारदेखि परेको अविरल वर्षाका कारण आएको बाढी-पहिरोले देशभरका मुख्य राजमार्गहरूमा क्षति पुर्‍याउँदा यातायात सेवा प्रभावित बन्न पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?