+

एनपीएलमा खेलाडीको अक्सन २० असोजमा हुने

२०८१ असोज  १४ गते १९:४६ २०८१ असोज १४ गते १९:४६
एनपीएलमा खेलाडीको अक्सन २० असोजमा हुने

१४ असोज, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा खेलाडीहरुको बोलकबोल (अक्सन) २० असोजमा हुने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काका अनुसार खेलाडीहरुको अक्सन २० असोजमा राखिएको हो ।

एनपीएल आगामी नोभेम्बर डिसेम्बरमा काठमाडौंमा हुँदैछ । एनपीएलमा काठमाडौं, पोखरा, चितवन, जनकपुर, विराटनगर, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी गरी ८ फ्रेन्चाइज टोली छन् ।

खेलाडीको अक्सनमा न्यूनतम मूल्य २ देखि १० लाख रुपैयाँसम्म तोकिएको छ । लक्की ड्रमार्फत ८ फ्रेन्चाइज टोलीले आफ्नो मार्की खेलाडी अनुबन्ध गरी सकेका छन् ।

काठमाडौंको करण केसी, पोखरा कुशल भुर्तेल, चितवनको कुशल मल्ल, लुम्बिनीको रोहित पौडेल, विराटनगरको सन्दीप लामिछाने, जनकपुरको आसिफ शेख, कर्णालीको सोमपाल कामी र सुदूरपश्चिमको दिनेपन्द्रसिंह ऐरी मार्की खेलाडी हुन् ।

एनपीएल क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय