+

उसु टोली भोलि बंगलादेश जाने

२०८१ असोज  १४ गते २०:२७ २०८१ असोज १४ गते २०:२७
उसु टोली भोलि बंगलादेश जाने

१४ असोज, काठमाडौं। प्रथम एसएएसएसएफ स्कुल कम्ब्याट गेम्समा सहभागी हुन ९ खेलाडीसहित १३ सदस्यीय नेपाली उसु टोली मंगलबार बंगलादेशको ढाका प्रस्थान गर्ने भएको छ ।

अक्टोबर १ देखि ४ तारिखसम्म हुने प्रतियोगितामा खेलाडीले सान्सौं र थाउलोमा प्रतिस्पर्धा गर्ने छन् । खेलाडीमा मनिराज राई, सुमांगीराज्यलक्ष्मी गौतम, अनिता तामाङ, सौगात चन्द, निश्चल तामाङ, ममता सुनुवार, प्राथना नेपाल, रुफस केसी र विराज सुनार रहेका छन् ।

प्रशिक्षकमा राजीव महर्जन र राज महर्जन, सहायक प्रशिक्षकमा सुवास परियार तथा व्यवस्थापकमा सुकमान लामा छन् । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले सोमबार एक कार्यक्रमबीच बिदाइ गरे ।

सोही प्रतियोगितामा सहभागी हुन तेक्वान्दो टोली भने सोमबारै ढाका प्रस्थान गरिसकेको नेपाल विद्यालय खेलकुद महासंघका महासचिव समेत रहेका अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघका कार्यकारी सदस्य राजकुमार कार्कीले जनाएका छन् ।

उसु टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय