+
+

‘सानो संसार’ कात्तिक ९ देखि पुनः प्रदर्शन हुने

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १४ गते २०:४४

काठमाडौं । फिल्म ‘सानो संसार’को नयाँ प्रदर्शन मिति घोषणा भएको छ । अर्जुन कुमारले निर्माण गरेको यो फिल्म अब कात्तिक ९ गते देशब्यापी प्रदर्शन हुने जनाइएको छ ।

निर्माताले सोमबार विज्ञप्ति जारी गर्दै उक्त मितिमा फिल्म प्रदर्शनमा ल्याउने जनाएका हुन् । पछिल्लो सप्ताहन्तमा लगातार परेको झरीले प्रदर्शन प्रभावित बनेको बन्दै निर्माताले आइतबारदेखि प्रदर्शन स्थगित गर्ने घोषणा गरेका थिए ।

मध्यमवर्गीय परिवारको कथावस्तुमा बनेको यो फिल्मलाई सिद्धार्थ पुडासैनीले निर्देशन गरेका हुन् । अहिलेसम्म कात्तिक ९ मा अन्य फिल्म रिलिज मिति घोषणा गरेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?