+
+

फोटो कथा : ज्यानको बाजी लगाएर हिँडेकाहरु

आर्यन धिमाल आर्यन धिमाल
२०८१ असोज १४ गते २२:१५

१४ असोज, काभ्रे । बिहीबार साँझदेखि परेको अविरल वर्षाका कारण सयौं यात्रु बीपी राजमार्गमा अलपत्र परे । शनिबारसम्म कुर्दा पनि गाडी अगाडि बढेन, बरु पहिरो र रोशी खोलामा आएको बाढीले न अगाडि बढ्न सक्ने अवस्था रह्यो, न फर्किन सके ।

रोशी खोलामा आएको बाढीले पनौतीदेखि कुशेश्वर दुम्जासम्म ठूलो क्षति भएको छ । नदी किनार आसपासमा बसेका बस्तीहरु बगाएको छ । बीपी राजमार्गमा ठूलो क्षति भएको छ ।

काभ्रे भञ्ज्याङदेखि भकुन्डेसम्म घुम्तिबिच्छे पहिरो खसेको छ, रुख लडेको छ । सोमबार डोजरको सहयोगले सडकमाथि थुप्रिएको माटो ढुंगो पन्छाएर भकुन्डेबेसीसम्म एकतर्फी रुपमा सडक खुलाइएको छ । तर थुप्रै ठाउँमा सडकमा चिरा परेको छ भने पहिरो गएको ठाउँमा कुनै पनि बेला सडक भासिन सक्ने जोखिम छ ।

तर भकुन्डेबसीबाट तल जान सम्भव छैन । नेपालथोकसम्मै ठाउँ ठाउँमा पहिरो र बाढीले सडक नै बगाएकाले तत्काल यातायात सञ्चालनको सम्भावना छैन । त्यसैले अलपत्र परेका यात्रुहरु बालबच्चा च्यापेर खोला, भीर पहरा छिचोलेर हिँडेका छन् । २० घण्टाभन्दा बढी हिँडेर बेला आइपुगेका छन् ।

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?