+
+

बीपी राजमार्ग दशैं अघि नै सञ्चालनमा ल्याउन मन्त्रीसँग माग

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १४ गते २२:२७

१४ असोज, काठमाडौं । गत शुक्रबारको वर्षाका कारण क्षतिग्रस्त बनेको बीपी राजमार्ग दशैं अगाडि नै सञ्चालनमा ल्याउन त्यस क्षेत्रका नेताहरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसँग माग राखेका छन् ।

सोमबार मन्त्री दाहाललाई ज्ञापनपत्र बुझाउँदै नेताहरुले क्षतिग्रस्त सडक तत्काल सञ्चालनमा ल्याउने व्यवस्था गर्न माग राखेका हुन् ।

‘तीन हजार भन्दा बढी मानिस अहिले पनि अलपत्र छन्, उनीहरुको उद्धारका निम्ति पनि तत्काल सडक सञ्चालन ल्याउनुपर्छ’, एमाले नेता यज्ञराज सुनुवारले भने ।

तत्काल बन्न नसक्ने सडक खण्डमा वैकल्पिक व्यवस्था अगाडि बढाउन पनि माग राखिएको उनले बताए । ज्ञापनपत्र बुझाउन सुनुवारसहित गणेश पहाडी, जगनाथ खतिवडा, कैलाश ढुंगेल, रत्न गौतम लगायत नेताहरु पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?