+
+

गुल्मीमा घर लिप्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १५ गते ६:५३

१५ असोज, गुल्मी ।  गुल्मीमा घर लिप्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको मालिका गाउँपालिका-२ दर्लिङ्ग अडारे निवासी २७ वर्षीया माया रोका मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी ) शंकर पोखरेलले बताए ।

मगर आफ्नै घरको बाहिर दलानमा लिप्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएकी थिइन् । करेन्ट लागेर घाइते भएकी रोकाको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार दिउँसो साढे ३ बजे तिर करेन्ट लागेको थियो । मुसाले काटेर नाङगो बनाएको बिजुलीको तारमा अचानक छुन गई करेन्ट लागेको डिएसपी पोखरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?