+
+

सर्वोच्चका प्रस्तावित २ न्यायाधीशविरुद्ध उजुरी आह्वान

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १५ गते ९:२१

१५ असोज, काठमाडौं । संघीय संसदको संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित दुई न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको छ ।

समितिले सूचना प्रकाशित गर्दै प्रस्तावित न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डेयविरुद्ध उजुरी आह्वान गरेको हो ।

प्रस्तावित न्यायाधीश नियुक्तिका लागि उपयुक्त छैनन् भन्ने लागेमा १० दिनभित्र सूचना वा उजुरी दर्ता गराइसक्नुपर्नेछ ।

उजुरी समितिको सचिवालयमा वा सिधै इमेल [email protected] मा र जिल्ला प्रशासन कार्यालयमार्फत दर्ता गराउन सकिनेछ ।

उजुरी दिने व्यक्तिले नाम, थर, ठेगाना र फोन नम्बर उल्लेख गर्नुपर्नेछ । चाहेको खण्डमा समितिले परिचय गोप्य राख्नेछ ।

निरौला र पाण्डेय गत शुक्रबार (११ असोज)मा न्याय परिषदबाट सर्वोच्चको न्यायाधीशका लागि सिफारिस भएका थिए ।

निरौला उच्च अदालत पाटनका मुख्य न्यायाधीश हुन् । निरौला सर्वोच्च अदालतका तेस्रा मुख्य रजिष्ट्रार हुन् । उनी मुख्य रजिष्ट्रारबाटै मुख्यन्यायाधीशमा नियुक्त भएका थिए ।

पाण्डेय उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश हुन् । उनी गत मंसीरमा उच्च अदालतको मुख्य न्यायाधीश भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?