+
+

जनमोर्चाले भन्यो: विपद् पूर्वतयारीमा सरकारको चरम लापरवाही देखियो

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १५ गते १०:२५

१५ असोज, काठमाडौं ।  राष्ट्रिय जनमोर्चाले विपद् क्षति न्यूनीकरणमा सरकारले चरम लापरवाही गरेको आरोप लगाएको छ । पार्टी अध्यक्ष चित्रबहादुर केसीले एक प्रेस विज्ञप्ति जारी गरी बाढीपहिरोबाट हुन सक्ने जोखिमबारे सरकारको कुनै अध्ययन र तथ्यांक नदेखिएको बताएको हो ।

‘बाढीपहिरोबाट मानव वस्तीहरू, सडक बाटोघाटो, जग्गाजमीनमा रहेका जोखिमबारे सरकारको कुनै अध्ययन र तथ्याङ्क देखिँदैनन् । सडकमा रहेका सवारी, गाडी आदि पहिरोमा परेर पुरिने क्रम दोहोरिरहेको छ’, केसीले विज्ञप्तिमार्फत् भनेका छन्, ‘यसले सरकारको चरम प्रकारको लापरवाही र दायित्ववोधको अभावलाई देखाउँछ ।’

बाढीपहिरो जोखिम रहेको ठाउँमा पनि सडक यात्राको जोखिमताप्रति सरकार सचेत नभएको जनमोर्चाको आरोप छ । सडक यात्राका क्रममा हुन सक्ने जोखिमबारे सरकार सचेत नभएकै कारण देशले धेरै क्षति व्यहोरेको जनमोर्चाको निष्कर्ष छ ।

‘हामीले यी सबै समस्या समाधानका लागि सरकारले प्रभावकारी कदम उठाउनका लागि जोड दिँदै बाढीपहिरो नियन्त्रण र जोखिमतालाई न्यूनिकरण गर्न सरकारको ध्यान गम्भीर रूपमा आकर्षित गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ’, ‘अहिले देशमा बाढीपहिरोबाट भएका घटनामा उद्दारका लागि सुरक्षाकर्मीको परिचालन गरेपनि त्यो जनशक्ति पर्याप्त हुन सकेको देखिदैँन ।’

जनमोर्चाले बाढीपहिरो मृत्यु भएका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन र घाइतेहरूका निःशुल्क उपचारको प्रभावकारी व्यवस्था मिलाउनका लागि हामीले सरकारसँग माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?