+
+

बसको अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १५ गते १०:३१
फाइल तस्वीर

१५ असोज, काठमाडौं । यातायात व्यवसायीले सार्वजनिक बसको अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी गरेका छन् ।

यातायात व्यवस्था विभागको समन्वयमा यातायात व्यवसायीहरूले गत शनिबार (१२ असोज) देखि अग्रिम टिकट बुकिङ खुला गरेका थिए । तर, बाढीपहिरोले बिग्रिएका सडकमा गाडी चलाउन सकस भएको भन्दै व्यवसायीले बुकिङ बन्द गर्ने तयारी गरेका छन् ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले १२ गतेको विपद्ले बस सञ्चालन हुननसकेकाले बुकिङ बन्द गर्ने तयारी गरेको बताए ।

आजै सरकार पक्षसँग छलफल गरेर बुकिङ बन्द गरिने उनले बताए । ‘हाम्रो कुरा बन्द गर्ने नै हो । हिजो २ बजे गएका गाडी स्वयम्भू, कलंकी र नागढुंगामै छन्,’ उनले भने, ‘ बुकिङ गरेर के गर्ने ?’

आज महासंघको बैठक बसेर यस विषयमा सरकारसँग छलफल गर्ने उनले बताए ।

धेरै यात्रुहरूले १७ असोजदेखिको टिकट बुकिङ गरिसकेका छन् । बस सञ्चालनबारे के गर्ने भन्ने विषयमा पनि आजको छलफलबाट निष्कर्ष निस्किने वरिष्ठ उपाध्यक्ष सिटौलाले बताए । ‘१७ गतेदेखिका लागि धेरैले टिकट बुकिङ गरेका छन्,’ उनले भने, ‘यसबारे के गर्ने भन्नेबारे सरकारसँग छलफल हुन्छ । साँझ विज्ञप्तिमार्फत जानकारी गराउँछौं ।’

१२ असोजमा आएको बाढीपहिरोले काठमाडौं उपत्यकालगायत देशका धेरै ठाउँमा ठूलो क्षति भएको छ । सडक र पुलमा क्षति हुँदा सवारीसाधन सञ्चालन गर्न कठिनाइ भएको छ ।

सोमबारदेखि काठमाडौं बसपार्कदेखि सवारीसाधन सञ्चलान गरिए पनि गन्तव्यमा पुग्न सकेका छैनन् । अरनिको राजमार्ग भने पूर्णरुपमा बन्द जस्तै छ ।

घटस्थापनाको दिनदेखि टिकट लिने गरी अग्रिम बुकिङ खुलाइएको थियो । तर, त्यसबेलासम्म बस सञ्चालन हुनसक्ने अवस्था नरहेको यातायात व्यवसायीको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?