+
+

पृथ्वीराजमार्ग २ घण्टाका लागि पूर्णरुपमा बन्द

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १५ गते १३:१३
फाइल तस्वीर ।

१५ असोज, काठमाडौं । पृथ्वी राजमार्ग (नागढुंगा सडक) दुई घण्टाका लागि पुन: बन्द गरिएको छ ।

१२ गतेको बाढीपहिरोपछि एकतर्फीरुपमा सञ्चालन भएको सडक दिउँसो २ बजेससम्मका लागि पूर्ण रुपमा बन्द गरिएको हो ।

झ्याप्लेखोलाको पहिरो पन्छाएर सडकलाई पूर्णरुपमा सञ्चालन ल्याउनका लागि २ घण्टाका लागि बन्द गरिएको सूचनामा उल्लेख छ ।

लामो यात्रामा निस्कनुपर्ने भए नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गरेर मात्रै निस्कन प्रहरीले अनुरोध गरेको छ ।

झ्याप्ले खोलाको पहिरोले बन्द भएको सडक सोमबारदेखि आंशिकरुपमा सञ्चालनमा आएको थियो । त्यहाँ पहिरोले ठूलो मानवीय क्षति पनि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?