+

बंगलादेशमाथि भारतको क्लिनस्वीप

२०८१ असोज  १५ गते १४:२६ २०८१ असोज १५ गते १४:२६
बंगलादेशमाथि भारतको क्लिनस्वीप

१५ असोज, काठमाडौं । घरेलु टोली भारतले दोस्रो टेस्ट खेलमा बंगलादेशलाई ७ विकेटले हराउँदै दुई खेलको सिरिज क्लिनस्वीप गरेकोछ ।

९५ रनको लक्ष्य भारतले १७.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो। भारतको जितमा यशस्वी जैसवाल ४५ बलमा ८ चौका र १ छक्कासहित ५१ तथा विराट कोहलीले २९ रन बनाए ।

बंगलादेशका मेहेदी हसन मिराजले २ र ताइजुल इस्लामले १ विकेट लिए ।

बंगलादेश दोस्रो इनिङमा १४६ रनमा अल आउट भएको थियो । बंगलादेशका ओपनर शाद्मान इस्लामले ५० र मुश्फिकुर रहिमले ३७ रन बनाए ।
जस्प्रित बुमराह, रविचन्द्रन आश्विन र रविन्द्र जडेजाले ३–३ विकेट लिए ।

भारतले पहिलो इनिङमा २८५–९ को अवस्थामा समाप्तिको घोषणा गरेको थियो । ओपनर यशस्वी जैसवालले ५१ बलमा १२ चौका र २ छक्कासहित ७२ रन जोडे । लोकेश राहुलले ४३ बलमा ७ चौका र २ छक्कासहित ६८ रन बनाए ।

रोहित शर्मा २३, शुभमन गिल ३९, विराट कोहली ४७ रनमा आउट भए । बंगलादेशका मेहेदी हसन मिराज र सकिब अल हसनले ४–४ विकेट लिए ।

कानपुरमा टस हारेर पहिला ब्याटिङ थालेको बंगलादेश पहिलो इनिङमा २३३ रनमा अल आउट भएको थियो । ओपनर मोमिनुल हकले १०७ रनको शतकीय इनिङ खेलेका थिए । भारतका जस्प्रित बुमराहले ३, मोहम्मद शिराज, रविचन्द्रन आश्विन र आकाश दीपले २–२ विकेट लिए ।

पहिलो खेलमा भारत २८० रनले विजयी भएको थियो ।

बंगलादेश भारत

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय