+

त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले क्यानडासँग खेल्दै

२०८१ असोज  १५ गते १४:४४ २०८१ असोज १५ गते १४:४४
त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले क्यानडासँग खेल्दै

१५ असोज, काठमाडौं । नेपालले त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत मंगलबार क्यानडासँग खेल्दैछ । खेल नेपाली समय अनुसार राति ९ः४५ मा किङ सिटीमा सुरु हुनेछ ।

नेपाल पहिलो खेलमा क्यानडासँग १४ रनले पराजित भएको थियो । १२४ रनको लक्ष्य पछ्याएको नेपाल १५ ओभरमा ८८-५ को अवस्थाबाट १०९ रनमा अल आउट भएको थियो ।

तीव्र गतिका बलर कलिम सानाले ४ र स्पिनर साद बिन जाफरले ३ विकेट लिएका थिए । पछिल्लो खेलमा नेपालले ओमानलाई ३७ रनले हराएको थियो । उक्त खेलमा गुल्सन मल्लले १७ बलमा ४० रनको इनिङ खेलेका थिए । गुल्सनलाई कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले साथ दिन आवश्यक छ ।

ओपनर आसिफ शेख र अनिल साहले पाएको सुरुवातलाई ठूलो इनिङमा बदल्न आवश्यक देखिन्छ । नेपालका स्पिनर सन्दीप लामिछाने प्रमुख बलर हुन् । उनलाई दीपेन्द्र र कुशलले साथ दिनेछन् ।

नेपाल र क्यानडाबीच टी-२० आईमा दुई खेल भएको छ । दुबै टोली १–१ जित हात पारेका छन् । त्रिकोणात्मक सिरिजअघि भएको लिग–२ मा भने नेपाल क्यानडासँग दुबै खेलमा पराजित भएको थियो । त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले बुधबार ओमानसँग खेल्नेछ ।

क्यानडा क्रिकेट नेपाल क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय