+

लेजरबाट पायल्सको उपचार कसरी हुन्छ ?

के हो लेजर प्रविधि ?

पायल्सको उपचार शल्यक्रिया, आयुर्वेदिक र प्राकृतिक लगायत विभिन्न विधिबाट गरिन्छ । तर यसको उपचारमा अहिले नयाँ विधि पनि थपिएको त, लेजर प्रविधि ।

चिरफार नगरी विकिरणद्वारा उपचार

लेजर प्रविधि शल्यक्रियाकै एउटै पाटो हो । चिरफार नगरी विशेष प्रकारको विकिरणद्वारा उपचार गरिने प्रविधिलाई लेजर भनिन्छ ।

Advertisement

मलद्वारमा घाउ र मासु पलाएको अवस्थामा

मलद्वारमा घाउ भएको छ र मलद्वारभित्र मासु पलाएको अवस्थामा लेजर प्रविधिले उपचार सजिलो र छिटो हुन्छ ।

कति प्रभावकारी छ ?

पायल्सको उपचार कति प्रभावकारी हुन्छ भन्ने कुरा बिरामीको अवस्था कस्तो , उमेर कति, मोटोपना छ की छैन, अन्य दीर्घ रोग छ की छैन यी सबै कुराले तय गर्छ ।

खर्च कति लाग्छ ?

कुन स्टेजको पायल्स हो, पायल्ससँगै फिसर फिस्टुला छ की छैन भन्ने कुराले खर्च कति लाग्छ भन्ने कुरा निर्धारण गर्छ । सामान्यतया ३० हजार देखी ८० हजार रुपैयाँ सम्म खर्च लाग्छ ।