+

मुख स्वास्थ्य र आयुबीच कस्तो सम्बन्ध छ ?

२०८१ असोज  १६ गते ११:५४ २०८१ असोज १६ गते ११:५४
मुख स्वास्थ्य र आयुबीच कस्तो सम्बन्ध छ ?

मानिसको दाँतलाई प्रकृतिले जीवनभरि चलोस् भनेरै बनाएको हुन्छ तर हिजोआजको जीवनशैली र खानपानमा परिवर्तन आएको हुनाले मुखसम्बन्धी समस्या जटिल बन्दै गएको छ ।

मुख स्वस्थ रह्यो भने सम्पूर्ण शारीरिक स्वास्थ्य नै राम्रो हुन्छ । मुखमा हुने घाउले सम्पूर्ण शरीरको अवस्थाबारे सूचित गर्छ । गिजाको रोग मुटुरोग, ब्रेन स्ट्रोक, मधुमेह जस्ता दीर्घरोगसँग सम्बन्धित हुन्छ । गिजा रोग हुनु भनेको मुख स्वास्थ्यलाई राम्रो हेरचाह नगरेको परिणाम हो । राम्रो मुख स्वास्थ्यले सम्पूर्ण शारीरिक स्वास्थमा पनि सकारात्मक प्रभाव पार्छ ।

विभिन्न अध्ययन अनुसार दाँत छिटो झर्नु र आयु कम हुनुबीच सम्बन्ध देखिएको छ । हामीसँग रहेको दाँत र हाम्रो जीवनको आयु एकापसमा गहिरो सह-सम्बन्ध रहेको पाइन्छ । दाँतको क्षय हुनुमा विभिन्न कारणमध्ये सबभन्दा मूल कारण भनेको गिजा सम्बन्धित रोगको निदान नगर्नु हो ।

त्यस्तै खराब मौखिक स्वास्थ्य, चिन्ता, दाँतको सडन, खराब खानपान, तम्बाकुको प्रयोग आदि विभिन्न कारण छन् । मुख स्वास्थ्यको राम्ररी हेरचाह गर्नाले धेरै दीर्घकालीन रोगलाई नबल्झाउन मद्दत गर्छ ।

जापानमा भएको एक अध्ययनमा जुन व्यक्तिमा ८० वर्षको उमेरमा यदि कुनै दाँत छैन भने त्यसलाई अरु विकलाङ्गता तथा मृत्यु हुने सम्भावना बढी हुन्छ । त्यस्तो व्यक्तिको तुलनामा जसको ८० वर्षमा घटीमा २० वटा दाँत रहेको छ । त्यस्तै अरु पनि विभिन्न अध्ययनले खराब मौखिक स्वास्थ्यले दीर्घकालीन रोग अझै बल्झाउने देखिन्छ र जीवनको आयु घट्ने हुन्छ ।

खराब मौखिक स्वास्थ्यले चाँडै बूढो हुने प्रक्रिया गराइदिने रहेछ । मुखमा हुने संक्रमणले हाम्रो शरीरको कोषाणुलाई अझै वृद्धावस्थामा पुर्‍याउने गर्छ । मौखिक स्वास्थ्यमा ध्यान दिएनौं भने यसले हाम्रो डीएनएमा क्षति गरी शरीरलाई बुढ्यौली अवस्थातिर लैजान्छ । त्यस्तै खराब मौखिक स्वास्थ्यले कोषाणुको बीचमा सम्पर्कमा परिवर्तन र सुजन गराई बुढ्यौली अवस्था सिर्जना गराउँछ ।

मुख स्वास्थ्य राम्रो राख्यौं भने सम्पूर्ण शारीरिक स्वास्थमा मात्र नभई यसले समग्रमा आयु नै बढाउने देखिएको छ ।

मुखलाई स्वस्थ राख्न हरेक व्यक्तिले गर्नसक्ने उपाय

– नियमित दिनको दुई पटक दुई मिनेटसम्म दाँत सफा गर्ने ।

– आहारमा गुलियो र एसिडरहित खानेकुरा खाने

– चुरोट तथा सुर्तीजन्य पदार्थको वा अरु कुनै पनि लागूऔषधको प्रयोग नगर्ने ।

– हरेक ६ महिनामा विषेशज्ञ दन्त चिकित्सकसँग परामर्श तथा दाँत सफा गराउने ।

डा. दीपक ठाकुर मुख स्वास्थ्य

धेरै कमेन्ट गरिएका

डा. दीपक ठाकुर
लेखक
डा. दीपक ठाकुर
सामाजिक तथा जनस्वास्थ्य दन्त विशेषज्ञ

डा. ठाकुर कलेज अफ डेन्टल साइन्स एण्ड हस्पिटल र नेपाल मेडिकल कलेजमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय