+

सूर्यवंशी बने कम उमेरमा शतक हान्ने खेलाडी

२०८१ असोज  १५ गते १७:०८ २०८१ असोज १५ गते १७:०८
सूर्यवंशी बने कम उमेरमा शतक हान्ने खेलाडी

१५ असोज, काठमाडौं । भारतीय युवा क्रिकेटर वैभव सूर्यवंशी प्रोफेसनल (व्यवसायिक) प्रतिस्पर्धात्मक क्रिकेटमा सबैभन्दा कम उमेरमा शतक हान्ने खेलाडी बनेका छन् ।

उनले भारतको यू१९ टोलीबाट अष्टेलिया यू१९ विरुद्ध टेस्ट क्रिकेटमा १३ वर्षको उमेरमा शतक हान्दै उक्त कीर्तिमान बनाएका हुन् ।

चेन्नईमा जारी उक्त टेस्ट खेलमा उनले ६२ बलमा १४ चौका र ४ छक्कासहित १०४ रनको शतकीय इनिङ खेले । उनले १३ वर्ष १८८ दिनमा उक्त शतक हानेका हुन् ।

उनीले बंगलादेशका नाज्मुल हसन सान्टोले २०१३ मा श्रीलंकाविरुद्ध १४ वर्ष २४१ दिनमा हानेको शतकको कीर्तिमान तोडेका हुन् । त्यस्तै पाकिस्तानका बाबर आजमले २००९ मा श्रीलंकाविरुद्ध १५ वर्ष ४८ दिनमा शतक हानेका थिए ।

सूर्यवंशीले ५८ बलमा शतक पूरा गर्दै यू१९ क्रिकेट इतिहासमा दोस्रो छिटो १०० रन बनाउने खेलाडी बने । इंग्ल्यान्डका मोइन अलीले २००५ मा ५६ बलमा श्रीलंकाविरुद्ध हानेको शतक नै यू१९ को सर्वाधिक छिटो हो ।

विहारमा जन्मिएका उनले घरेलु क्रिकेटमा लगातार राम्रो प्रदर्शन गर्दै आएका छन् । गत जनबरीमा १२ वर्षकै उमेरमा बिहारबाट मुम्बईविरुद्ध रणजी ट्रफीमा डेब्यू गर्दै १९ र १२ रन बनाएका थिए ।

युवराज शर्मा र सचिन तेन्दुलकरको कीर्तिमानलाई पछि पार्दै रणजी ट्रफी खेल्ने सबैभन्दा कम उमेरका खेलाडी बनेका थिए ।

वैभव सूर्यवंशी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय