+
+

बेलायतका विभिन्न सहरमा ‘काँडेतार’ प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १५ गते १७:१७

काठमाडौं । मुलुकको सार्वभौमसत्ता र सुरक्षाका लागि अन्तर्राष्ट्रिय सीमा व्यवस्थित गर्नुपर्छ भन्ने राष्ट्रवादी सन्देश बोकेको फिल्म ‘काँडेतार’ यतिबेला बेलायतका विभिन्न सहरमा प्रदर्शन भइरहेको छ ।

निर्मात्री सत्यकला राईले आफ्नो उपस्थितिमा बेलायतका विभिन्न भूभागमा फिल्मको स्क्रिनिङ गरिरहेकी छिन् । सोमबार अक्सफोर्ड सिङ्गलटनस्थित हलमा स्क्रिनिङ गरिएको छ । स्क्रिनिङमा दर्शकको उपस्थिति राम्रो रहेको गायिका समेत रहेकी निर्मात्री राईले बताइन् ।

‘देशको माटो र मान्छे जोगाउने उद्देश्यका साथ निर्माण भएको फिल्म भएकाले होला युके निवासी नेपालीले विशेष प्रेम र सद्भाव देखाउनु भएको छ’ राईले भनिन्, ‘फिल्मको दिनप्रतिदिन माग बढ्दो छ ।’ दर्शकको अनुरोधमा राईले आफ्ना चर्चित गीत समेत सुनाएकी थिइन् ।

निर्माता राईका अनुसार फिल्म हेर्न विभिन्न संघसंस्थाका प्रतिनिधि, कलाकार, लेखक, पत्रकार पुगेका थिए । शोको मुख्य आयोजक नेप्लिज लेडिज ग्रुपका जया कोयी राई, देवान राई र ट्रस्टी अफ गोर्खा पिस फाउन्डेसनका गंगाराज राई, यायोक्खा वेलाय र नेपाली कलाकार प्रस्तोता समाज बेलायत किरात राई, कल्पना राई कुञ्जु, सगरमाथा गोरखा नेप्लिज लेडिज कम्युनिटी आस्फोर्ड र सांस्कृतिक सचिव किरात राई यायोक्खा लगायत छन् ।

फिल्मलाई नवल खड्काले निर्देशन गरेका हुन् । कलाकारमा खड्कासहित गौरव पहारी, रेविका गुरूङ, प्रशान्त यादव, सुरविना कार्की, मुरलीधर, सञ्जय खतिवडा, रोमियन लिम्बू, प्रेम सुब्बा, परशुम चौधरी, पुष्प श्रेष्ठलगायत अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?