+
+

अवरुद्ध सडकमा अस्थायी वैकल्पिक व्‍यवस्था गर्न कांग्रेसको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १५ गते १७:३४

१५ असोज, काठमाडौं। नेपाली कांग्रेसले अवरुद्ध सडकहरुको मर्मत गरी अस्थायी वैकल्पिक मार्गको व्‍यवस्था गर्न सरकारसँग आग्रह गरेको छ ।

मंगलबार बसेको संसदीय दलको बैठकले चाडपर्वमा घर जान चाहने नागरिकको चाप बढ्ने भएकाले अवरुद्ध सडकहरुको मर्मत संभारको कार्य तीव्रता दिन सरकारसँग आग्रह गरेको हो ।

यस्तै हवाइ मार्गमा पर्ने चापलाई ध्यानमा राखेर भाडादर न्यूनतम कायम राख्न कांग्रेसले सरकारसँग  आग्रह गरेको छ ।

संसदीय दलको बैठकले इजरायल/लेबनान बीच सुरु भएको युद्धबाट लेबनानमा रहेका नेपालीहरु पनि जोखिममा रहेका हुँदा इच्छुकलाई सकुशल स्वेदश फिर्तिको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?