+
+

चणिकलाललाई केएनपी नेरोलेकको सम्मान

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १५ गते १७:५५

काठमाडौं । अविरल वर्षापछि नख्खु खोलामा आएको भीषण बाढीले बगाउँदै गरेका दुई जनाको सकुशल उद्धार गरेका चणिकलाल तामाङलाई केएनपी नेरोलेक पेन्ट्सले सम्मान गरेको छ ।

काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रममा कम्पनीले तामाङलाई नगदसहित सम्मान गरेको जनाएको छ ।

ललितपुरमा बस्दै आएका काभ्रे तेमाल-९ का ३३ वर्षीय तामाङले शनिबार नख्खु खोलाको भेलमा बग्दै आएका २ जनाको उद्धार गरेका थिए ।

केएनपीका नेपाल निर्देशक मनोज मिश्रले तामाङको साहसिक कामका लागि सम्मान गर्न पाउँदा खुसी लागेको बताए ।

पेन्टिङ पेसामा संलग्न तामाङलाई पेन्ट्स् कम्पनीले सम्मान गर्न पाउने गर्वको कुरा भएको मिश्रको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?