+

गण्डकीलाई हराउँदै कर्णालीको लगातार दोस्रो जित

२०८१ असोज  १५ गते १८:४० २०८१ असोज १५ गते १८:४०
गण्डकीलाई हराउँदै कर्णालीको लगातार दोस्रो जित

१५ असोज, काठमाडौं । एभरेष्ट वुमन्स भलिबल लिग (इडब्ल्युभीए) को दोस्रो दिन गण्डकी थन्डर्सलाई हराउँदै कर्णालीले लगातार दोस्रो जित  निकालेको छ ।

राष्ट्रिय खेलकुद परिषदको कर्भड हलमा भएको खेलमा कर्णालीले गण्डकीलाई ३-२ ले हराएको हो । कर्णालीले गण्डकीलाई १५-२५, २५-२२, २५-१७,१९-२५ र १५-१२ ले हराएको हो ।

पहिलो सेटमा८-४ को सुरुवाती अग्रता बनाएको कर्णालीले अग्रता जोगाउन नसक्दा पहिलो सेटमा १४ बराबरीको अवस्था आयो । त्यसपछि भने गण्डकीले लगातार अंक ल्याउँदै २२-१५ को अवस्था हुँदै २५-१५ मा सेट जित्यो । गण्डकीले लगातार ११ अंक जोड्दै पहिलो सेट जितेको हो ।

दोस्रो सेटमा भने कर्णालीले २५-२२ ले  बाजी मार्‍यो । । तेस्रो सेटमा पनि कर्णालीले लय कायम राख्दै २५-१७ले गण्डकीलाई जित्यो ।

चौथो सेट गणडकीले २५-१९ ले जित्दा खेल पाँचौं सेटमा लम्बिएको हो। पाँचौं सेटमा भने कर्णालीले अग्रता बनाउँदै ८-५ को अग्रता बनाउँदै १५-१२ ले सेट जित्दै लगातार दोस्रो जित हात पारेको हो । पहिलो खेलमा कर्णालीले मधेशलाई हराएको थियो ।

आजको खेल हारेपनि गण्डकीले १ अंक पायो । गण्डकीले पहिलो खेलमा चितवन शक्तिसँग हार बेहोरेको थियो। आजको दोस्रो खेल चितवन शक्ति र काठमाडौं स्पाईकर्सबिच हुनेछ ।त्यस्तै, आजको तेस्रो खेल ललितपुर र मधेशबीचको खेल हुनेछ ।

कर्णाली गण्डकी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय