+

क्यानडाविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै, टोलीमा दुई परिवर्तन

२०८१ असोज  १५ गते २१:१९ २०८१ असोज १५ गते २१:१९
क्यानडाविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै, टोलीमा दुई परिवर्तन

१५ असोज, काठमाडौं – नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजमा घरेलु टोली क्यानडाविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्दैछ । किंग सिटीमा भएको टसमा घरेलु टोली क्यानडाका कप्तान निकोलस किर्तोनले जितेर नेपाललाई ब्याटिङको निम्तो दिएका हुन् ।

नेपालले आजको खेलमा टोलीमा दुई परिवर्तन गरेको छ । देव खनाल र रिजन ढकाल बेन्चमा छन् । सोमपाल कामी र ललित राजवंशी आज नेपालको प्लेइङ ११ मा छन् । नेपाल पहिलो खेलमा १४ रनले क्यानडासँग पराजित भएको थियो । नेपालले दोस्रो खेलमा ओमानलाई ३७ रनले हराएको थियो ।

नेपालको प्लेइङ ११ :

आसिफ शेख, कुशल भुर्तेल, अनिल साह, रोहित पौडेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, ललित राजवंशी, सन्दीप लामिछाने र सोमपाल कामी ।

 

 

त्रिकोणात्मक टी२० आई सिरिज

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय