+
+

जुकरबर्गको सम्पत्ति २ खर्ब डलर नाघ्यो, बने विश्वकै चौथो धनी व्यक्ति

एजेन्सी एजेन्सी
२०८१ असोज १६ गते ७:५८

सोसल मिडिया प्लाटफर्म फेसबुकका संस्थापक मार्क जुकरबर्ग अन्ततः २ खर्ब डलर सम्पत्ति भएका विश्वका धनाढ्यको सूचीमा प्रवेश गरेका छन् ।

२ खर्ब एक अर्ब डलर सम्पत्तिसँगै जुकरबर्ग विश्वको चौथो सबैभन्दा धनी व्यक्ति बनेका छन् । विश्वमा २ खर्ब डलर भन्दा धेरै सम्पत्ति भएका व्यक्ति यसअघि तीनजना मात्रै थिए । अब एलन मस्क, जेफ बेजोस र बर्नार्ड आर्नल्टसँगै जुकरबर्ग पनि टु बिलियन डलर क्लबमा समावेश भएका हुन् ।

ब्लुम्बर्गको बिलेनियर इन्डेक्स अनुसार मेटा सीईओ जुकरबर्गको सम्पत्ति २ खर्ब १ अर्ब डलर पुगेको हो ।

वास्तवमा मार्क जुकरबर्गका लागि यो लक्ष्यसम्म पुग्नु सजिलो थिएन । त्यसक्रममा उनले कैयन् उतारचढावको सामना गरे, आफ्नो लक्ष्यमा डटिरहे र अगाडि बढिरहे ।

मेटाको शेयरमा भारी उछाल

फेसबुकको मातृ कम्पनी मेटाको शेयर मूल्यमा भारी वृद्धि भएसँगै जुकरबर्गको सम्पत्तिमा पनि उछाल आएको हो । गत जनवरी महिनाको तुलनामा मेटाको शेयर ६० प्रतिशत महंगो भएको छ । यसमा मेटा एआइको पनि ठूलो भूमिका छ ।

फेसबुकबाटै खर्बपति

जुकरबर्गले सन् २००४ को फेब्रअरीबाट आधिकारिक रुपमा फेसबुकको सुरुवात गरेका थिए । त्यसपछि उक्त यात्रा अगाडि बढ्यो । पछि जुकरबर्गले ह्वाट्सएप मेसेजिङ एप पनि अधिग्रहण गरे ।

विस्तारै उनी फेसबुकका अलावा अन्य विभिन्न प्लाटफर्म हरुको पनि मालिक बने । ती सबै प्लाटफर्मलाई एउटा नयाँ नाममा सामेल गर्ने योजना बनाए र सन् २०२१ मा मेटा कम्पनीको स्थापना गरे ।

हालै मेटा कनेक्ट २०२४ कार्यक्रमका क्रममा जुकरबर्गले आफ्नो आगामी आर्टिफिसियल इन्टेलिजेन्स योजना पेस गरे । त्यसअघि कम्पनीले मेटा एआई लञ्च गरिसकेको छ, जो ह्वाट्सएप लगायतका विभिन्न प्लाटफर्ममा उपलब्ध छ । मेटा एआईका मासिक सक्रिय प्रयोगकर्ता ५० करोड भन्दा धेरै छन् ।

मेटा कनेक्ट २०२४ का क्रममा मार्क जुकरबर्गले ओरियन अग्मेन्टेड रियालिटी चस्मा लगायतका विभिन्न उपकरण सार्वजनिक गरेका थिए ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?