+
+

मकवानपुरबाट दुई गर्भवतीको हेलिकप्टरबाट उद्धार

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १६ गते ८:५४

१६ असोज, हेटौंडा । मकवानपुरको उत्तरी क्षेत्रस्थित बाढी प्रभावित क्षेत्र सिस्नेरीबाट दुई जना गर्भवतीको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

आज बुधबार नेपाली सेनाको हेलिकप्टरबाट ललितपुरस्थित पाटन अस्पतालका लागि गर्भवतीलाई पठाइएको इन्द्रसरोवर गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीले जानकारी दिए ।

सिस्नेरी स्वास्थ्य चौकीमा प्रसुतिका लागि पाँच दिन अगाडि नै पुगेका इन्द्रसरोवर-३ दाप्राङ घर भएकी सुकिमाया वाइवा र इन्द्रसरोवर-३ सानुटार बस्ने शुसिला घिसिङलाई प्रसुति गराउन नसकिएपछि हेलिकप्टर मार्फत् काठमाडौं पठाइएको पुडासैनीले बताए ।

`उहाँहरू मध्ये एक जना पाँच दिन अगाडि र अर्का एक जना ४ दिन अगाडि स्वास्थ्यचौकीमा आउनु भएको रहेछ । सुत्केरी हुने समय नाघिसकेको तर सुत्केरी हुन नसकेपछि थप घट्ना नहोस भने तत्कालै हेलिकप्टरबाट उद्धार गरेका हौं´, अध्यक्ष पुडासैनीले भने ।

उनले रक्षा मन्त्रालयमार्फत हेलिकप्टरबाट उद्दार गर्न तीन दिन अघिदेखि नै प्रयास गरिरहे पनि आज सफल भएको बताए ।

`पहिला रक्षा मन्त्रालयमार्फत् उद्धारक प्रयास गरेका थियौं। गाउँपालिकाले मंगलबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा लिखित अनुरोध गरेपछि सेनाको हेलिकप्टरबाट उद्धार हुन सफल भएको छ’,उनले भने ।

वर्षाका कारण इन्द्रसरोवर गाउँपालिका जोड्ने सबै सडकमार्ग अवरुद्ध रहेको छ । वर्षाले कुलेखानी जलविद्युत केन्द्र भरिएपछि शनिबार बिहान जलाशयको दुई वटा ढोका खोलेर पानी छोड्दा कुलेखानी खोलामा आएको बाढीले सिस्नेरी सडक सञ्जालको सम्पर्कबाट टुटेको छ । सडक नै खोलाले बगाएपछि गर्भवतीलाई थप उपचारका लागि सडक सञ्जालबाट अस्पताल लान सकिएको थिएन ।

इन्द्रसराेवर गाउँपालिका-३ सिस्नेरीस्थित बत्सलादेवी माविकाे एन्फा एकेडेमीमा फुटबल सिक्दै आएका ६ जना बालककाे शनिबार बिहान पहिराेमा पुरिएर मृत्यु भएकाे थियाे । पहिरोमा पुरिएर मृत्यु भएका छ बालकको शवसहित त्यहाँ अध्ययनरत ३४ जना विद्यार्थीलाई शनिबार साँझ सेनाकाे हेलिकप्टरबाट उद्धार गरिएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?