+
+

लेबनानका नेपालीलाई अधिकतम सतर्कता अपनाउन सरकारको अनुरोध, सार्वजनिक गर्‍यो सम्पर्क नम्बर

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १६ गते ९:१८

१६ असोज, काठमाडौं । सरकारले लेबनानमा रहेका नेपालीलाई अधिकतम सतर्कता अपनाउन अनुरोध गरेको छ । इजरायलसँगको युद्ध चर्किएपछि परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर लेबनानमा अधिकतम सतर्कता अपनाउन अनुरोध गरेको हो ।

मन्त्रालयका अनुसार हालसम्म लेबनानमा सबै नेपाली सुरक्षित छन्, तर विकसित पछिल्ला घटनाक्रमबाट अधिकतम सतर्कता र सचेतना अपनाउनुपर्ने भएको छ । त्यसैले कुनै अप्ठ्यारो परेमा सम्पर्क गर्न भन्दै मन्त्रालयले नेपाली राजदूतावास कायरो, अवैतनिक नेपाली वाणिज्यदूतावास बेरुत र परराष्ट्र मन्त्रालयका कर्मचारीहरुको नाम, सम्पर्क नम्बर र इमेल ठेगाना सार्वजनिक गरेको छ ।

कायरोमा दीपक घिमिरेलाई २०१०७७७२३४८ नम्बरमा ह्वाट्सएपमार्फत् सम्पर्क गर्न सकिने छ । यसैगरी बेरुतमा मोहम्मद गोजायललाई ९६१३३०११८१, ९६१७१६८८८२१ र ९६१८१८८३७१३ नम्बरमा सम्पर्क गर्न सकिने छ ।

यसैगरी काठमाडौंमा परराष्ट्र मन्त्रालयका शाखा अधिकृत श्रीकृष्ण सिलवाललाई ९८४९१७९५२० नम्बरमा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?