+
+

पूर्वका ९ जिल्लामा बाढीको जोखिम

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १६ गते १०:४५

१६ असोज, काठमाडौं । पूर्वी नेपालका ९ जिल्लामा बाढीको जोखिम रहेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आज बिहान जारी गरेको सूचना अनुसार ताप्लेजुङ, संखुवासभा, पाँचथर, तेह्रथुम, धनकुटा, इलाम, झापा, मोरङ र सुनसरी तथा आसपासका जिल्लामा बाढीको मध्यम जोखिमको सम्भावना छ । त्यसैले आगामी तीन दिनसम्म उच्च सतर्कता अपनाइराख्न महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाका अनुसार ठूला नदीहरुमा बाढीको जोखिम नभए पनि साना नदी तथा खोलाहरुमा आकस्मिक बाढीको जोखिम छ ।

आज र भोलि कन्काई नदीको जलसतह उल्लेख्य रुपमा बढ्ने भए पनि सतर्कता तहभन्दा तलै रहने सम्भावना छ । जलसतह उल्लेख्य बढ्ने भएकाले कन्काई नदी किनार क्षेत्रमा भने उच्च सतर्कता अपनाउन महाशाखाले भनेको छ ।

नेपालका ठूला नदीहरु कोशी, नारायणी, कर्णाली, महाकाली, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह सामान्य मात्र घटबढ हुने र सतर्कता तहभन्दा तलै रहने सम्भावना छ । त्यसैले यी नदी किनारमा आज र भोलि सामान्य सतर्कता अपनाउन महाशाखाले भनेको छ ।

भोजपुर, खोटाङ, सोलुखुम्बु, उदयपुर, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, कास्की, लमजुङ र आसपास भई बग्ने केही साना नदीहरुको बहाव भने बढ्ने पूर्वानुमान छ । त्यसैले बहाव बढ्ने पूर्वानुमान गरिएका नदी किनारमा सतर्कता अपनाइराख्न महाशाखाले सुझाव दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?