+
+

सज्जनराज वैद्यदेखि उर्गेन दोङसम्म : युट्युव ट्रेन्डिङमा कुन गीत छन् ?

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १६ गते १२:०६

काठमाडौं । विहिबारदेखि यसवर्षको दशैं सुरु हुँदैछ । युट्युवको ट्रेन्डिङमा पनि दशैंसँग सम्बन्धित भिडियोको वर्चस्व सुरु भएको छ । विशेषगरि, ट्रेन्डिङको संगीत खण्डमा दशैं गीत स्ट्रिमिङ भैरहेका छन् ।

झण्डै एक महिना युट्युव ट्रेन्डिङको शीर्ष स्थानमा रहेको (नेपालतर्फ) फिल्म ‘खुस्मा’को गीत ‘रुकुम मैकोट’ सूचीबाट हटेको छ । शीर्षस्थानमा हेमन्त शर्मा र मेलिना राईको दशैं गीत ‘आउँथ्यो दशैं’ छ ।

‘रुकुम मैकोट’ चाहिँ ग्लोबल ट्रेन्डिङको ५६ औं स्थानमा छ ।

ट्रेन्डिङको दोस्रो स्थानमा सज्जनराज वैद्यको नयाँ गीत ‘९८४१’ छ । वैद्यले ३ दिनअघि ल्याएको यो गीतको भिडियोमा उनीसहित मलिका महत फिचर्ड छन् ।

तेस्रो स्थानमा उर्गेन दोङको दशैं गीत ‘दशैं लाग्यो’ छ । दोङ र चर्चितको शब्द तथा दोङकै संगीत रहेको गीतलाई युट्युवमा साढे ३ लाख पटक हेरिएको छ । साथीभाइ मिलेर दशैंमा रमझम गरेको मुडमा गीत तयार भएको छ ।

ट्रेन्डिङको चौंथो स्थानमा डिजे विश्वको नयाँ गीत ‘तिम्रो मुड’ छ । चिराग खड्का ५५५ र याबी द गोट फिचर्ड यो गीतको भिडियोलाई अहिलेसम्म ११ लाख पटक हेरिएको छ ।

पाँचौं स्थानमा पुरुषोत्तम पौडेल र सुनिता बुढाको नयाँ दशैं गीत ‘आयो है दशैं’ छ । छैटौंमा नवाज अन्सारीको ‘बागवत’, सातौंमा कविता नेपाली फिचर्ड गीत ‘ल है’, सातौंमा भारतीय गायक अरिजित सिंहको नयाँ गीत ‘कस्तुरी’ छ ।

भ्वाइस अफ नेपालकी फाइनलिस्ट तृजा प्रधानको नयाँ गीत ‘तिमीलाई सम्झेर २’ ट्रेन्डिङको ११ औं स्थानमा छ । ‘भ्वाइस किड्स’का कोच समेत रहेका छेवाङ लामाको नयाँ गीत ‘त्यो हावाझैं’ १२ औं स्थानमा छ ।

ट्रेन्डिङको प्रवृत्तिअनुसार, दशैंको यो सिजनमा हरेक जनराका गीतका रुचाइएको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?