+
+

मनसुनमा घटे भारतीय पर्यटक, श्रीलंकाली बढे दोब्बर

नेपाल पर्यटन बोर्डका अनुसार सेप्टेम्बर २०२४ को एक महिनामा भारतबाट २२ हजार ९ सय ८४ पर्यटक नेपाल आएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १६ गते १२:३४
फाइल तस्वीर

१६ असोज, काठमाडौं । मनसुन सिजनमा भारतबाट नेपाल भ्रमण आउने भारतीय पर्यटक संख्यामा भारी गिरावट आएको छ ।

नेपालले यसपालि वर्षायाममा अधिक प्राकृतिक विपत्ति र सडक दुर्घटनाको सामना गर्नुपर्‍यो । जसमा भारतीय नागरिक समेत प्रभावित भए । यसको असर पर्यटक आगमनमा देखिएको छ ।

नेपाल पर्यटन बोर्डका अनुसार सेप्टेम्बर २०२४ को एक महिनामा भारतबाट २२ हजार ९ सय ८४ पर्यटक नेपाल आएका छन् ।

२०२३ को सोही महिनामा भारतबाट नेपाल भ्रमणमा आउने पर्यटक २८ हजार ६ सय ९४ थिए । गत वर्षको तुलनामा यस वर्ष १९.९ प्रतिशतले भारतीय पर्यटक आगमन घटेको छ ।

नेपाल र कोलम्बो सिधा उडानको प्रभाव श्रीलंकाली पर्यटक आगमनमा भने सकारात्मक देखिएको छ । बौद्धमार्गी मुलुक श्रीलंकाबाट सेप्टेम्बरमा ४ हजार ९ सय १५ पर्यटक नेपाल आए । गत वर्ष सेप्टेम्बरमा ३ हजार ११ मात्र आएका थिए ।

यो वर्ष सेप्टेम्बरमा समग्र पर्यटक आगमन भने पछिल्लो चार वर्षयताकै उच्च देखिएको छ । बोर्डका अनुसार सेप्टेम्बरमा ९६ हजार ३ सय ५ पर्यटक नेपाल भ्रमणमा आएका छन् ।

२०२३ सेप्टेम्बरमा ९१ हजार १२ जनामात्र पर्यटक आएका थिए । २०१९ मा ९२ हजार ६ सय पर्यटक नेपाल आएको तथ्यांक छ । यस हिसाबले चार वर्ष यताकै उच्च संख्यामा यस महिना पर्यटक आगमन भएको हो ।

सन् २०२० मा ५ सय ८४, २०२१ मा ९ हजार ९ सय ७ र २०२२ मा ५८ हजार ३ सय १४ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

यस वर्ष सेप्टेम्बरमा भारतीय पर्यटक संख्या नै पहिलो नम्बरमा छ । दोस्रो नम्बरमा अमेरिकी पर्यटक छन् । अमेरिकाबाट यस महिनामा १० हजार ८४ आएका छन् । चीनबाठ ८ हजार ४२, अस्ट्रेलिया ५ हजार ३८, बेलायत ४ हजार ४ सय ९३, बंगलादेश ४ हजार १ सय ३, जर्मनी २ हजार ७ सय ४, दक्षिण कोरिया २ हजार ३ सय ५१ र मलेसियाबाट २ हजार २ सय ८० पर्यटक आएका छन् ।

नौ महिनामा ८ लाख १६ हजार पर्यटक

२०२४ को समग्र विवरण अनुसार यस वर्ष पर्यटक आगमन ८ लाख नाघेको छ । जनवरीदेखि सेप्टेम्बरसम्म ८ लाख १६ हजार ६ सय ३९ पर्यटक नेपाल आएका छन् । तीमध्ये सबैभन्दा धेरै मार्च र अप्रिलमा १ लाखमाथि आएका छन् ।

सन् २०२४ को कुन महिना आए कति पर्यटक ?

  • जनवरी : ७९,१००
  • फेब्रुअरी : ९७,४२६
  • मार्च : १,२८,१६७
  • अप्रिल : १,११,३७६
  • मे : ९०,२११
  • जुन : ७६,७३६
  • जुलाई : ६४,५९९
  • अगस्ट : ७२,७१९
  • सेप्टेम्बर : ९६,३०५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?