+
+

५० अर्ब तरलता खिच्दै केन्द्रीय बैंक

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १६ गते १३:००

१६ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ ।

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि निरन्तर तरलता खिचिरहेको केन्द्रीय बैंकले बुधबार निक्षेप संकलन उपकरण बोलकबोल मार्फत थप ५० अर्ब खिच्ने भएको हो ।

सात दिनका लागि बोलकबोल हुने निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज २३ असोजमा भुक्तानी हुनेछ ।

स्थायी निक्षेप सुविधा नियमित उपलब्ध गराएको केन्द्रीय बैंकले ब्याजदर करिडोरको प्रभावकारी कार्यान्वयका लागि निक्षेप संकलन उपकरण समेत बोलकबोल गरिरहेको छ ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिमा केन्द्रीय बैंकले ब्याजदर करिडोरको तल्लो सीमाका रूपमा रहेको निक्षेप संकलन दर ३ प्रतिशत तोकेको छ । सोही दरमा केन्द्रीय बैंकले स्थायी निक्षेप सुविधा पनि उपलब्ध गराउँदै आएको छ ।

उक्त सुविधाले पनि अन्तरबैंक ब्याजदर ३ प्रतिशतभन्दा तल झर्दा केन्द्रीय बैंकले निक्षेप संकलन बोलकबोल मार्फत तरलता खिच्दै आएको छ ।

१५ असोजमा केन्द्रीय बैंकमा बैंकहरूले राखेको तरलता बक्यौता २ खर्ब ७२ अर्ब छ । जसमध्ये २ खर्ब १० अर्ब ९३ करोड निक्षेप संकलन बोलकबोल मार्फत र ६१ अर्ब ५ करोड स्थायी निक्षेप सुविधा प्रयोग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?