+

सात कारण, जसले आउनसक्छ अचानक चक्कर

कुनै कारण विना चक्कर आउनु

कहिलेकाहीं चक्कर आउँछ तर कुनै लक्षण छैन भने यो सामान्य अवस्था भएको बुझिन्छ । ९० प्रतिशतभन्दा माथि कहिलेकाहीं मात्र चक्कर आउँछ भने यो सामान्य हो ।

शरीरमा पानी कम हुनु

शरीरमा पानी कम हुँदा रक्तचाप कम भएको हुनसक्छ । यदि चक्करका साथै थकान अनुभव हुने, अनुहार मलिन हुने, पिसाब कम र गाढा पहेंलो आएको छ भन्ने पानी कम हुनुको संकेत हुनसक्छ ।

Advertisement

जुरुक्क उठ्ने बानी

शरीर निश्चित स्थितिमा काम गरिरहेको अवस्था जुरुक्क उठ्दा मस्तिष्कले एक क्षणको लागि रगत प्राप्त गर्न सक्दैन। उभिंदा रगत शरीरको तल्लो भागमा जम्मा हुन्छ र मिलाउन केही सेकेन्ड लाग्न सक्छ । जसले रक्तचाप अस्थिर भई चक्कर लाग्छ ।

कानमा समस्या

कानको काम भनेको आवाज सुन्नु मात्र होइन । कानमा हुने तरल पदार्थले दिमागलाई पनि नियन्त्रित गर्छ । कुनै कारणवश तरल पदार्थमा समस्या दिमागलाई गलत संकेत मिल्छ, जसकारण रिंगटा लाग्छ ।

मदिरा सेवन

मदिराले रक्तनलीहरूलाई क्षति गरी साँघुरो बनाउँछ । यसले रगतको प्रवाहलाई पनि असर गर्छ र शरीरले रक्तचापलाई सामान्य राख्न कडा मेहनत गर्दा चक्कर लागेको अनुभव हुनसक्छ ।

मस्तिष्कको नसामा असर

शरीरबाट मस्तिष्कमा जाने थुप्रै नसा हुन्छन्, जसमा रगत बग्ने गर्छ । यदि तीमध्ये कुनै नसामा असर पर्‍यो वा साँघुरियो भने रगत जमेर रक्त सञ्चार हुन पाएन भने चक्कर लाग्न सक्छ ।