+

ओमानलाई हराउँदा नेपालले उपाधि जित्ने समीकरण कायमै रहने

२०८१ असोज  १६ गते १४:२५ २०८१ असोज १६ गते १४:२५
ओमानलाई हराउँदा नेपालले उपाधि जित्ने समीकरण कायमै रहने

१६ असोज, काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत आफ्नो अन्तिम खेलमा आज ओमानसँग खेल्दैछ । खेल नेपाली समय अनुसार राती ९ : ४५ मा किंग सिटीमा सुरु हुनेछ ।

नेपाल तीन मध्य एक खेलमा मात्रै विजयी भएकोछ । पहिलो खेलमा नेपाल क्यानडासँग १४ रनले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले ओमानलाई ३७ रनले हराएको थियो । तेस्रो खेलमा नेपाल क्यानडासँग ४ विकेटले हार्न पुग्यो ।

नेपालले आज ओमानलाई हराउँदा ४ अंक हुनेछ । बिहीबार ओमानले क्यानडालाई हराउँदा नेपाल शीर्ष स्थानमा रहनसक्ने समीकरण देखिन्छ ।

यदि आज नेपाल विजयी भएमा र क्यानडाले ओमानसँग हारेको खण्डमा सिरिजमा तीनै टोलीको ४–४ अंक हुनेछ । उक्त अवस्थामा नेपाल नेटरनरेटमा माथि रहँदै च्याम्पियन बन्नसक्छ ।

क्यानडा ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ शीर्षस्थानमा छ । क्यानडाको नेटरनरेट माइनस ०.२५३ छ । नेपाललाई दुबै खेलमा हराएपनि ओमानसँग १०६ रनमा अल आउट हुँदै ८ विकेटले पराजित हुँदा क्यानडाको नेटरनरेट राम्रो छैन ।

नेपाल ३ खेलमा १ मा जित र २ मा हारसहित २ अंकका साथ दोस्रो स्थानमा छ । नेपालको नेटरनरेट ०.३१० छ । ओमान २ खेलमा १ मा जित र १ मा हारसहित २ अंकका साथ पुछारमाछ ।

ओमानको नेटरनरेट माइनस ०.०२१ छ । नेपाल च्याम्पियन बन्न अन्तिम खेलमा ओमानको जितको अन्तर भने सानो हुनुपर्नेछ । त्रिकोणात्मक सिरिजको शीर्ष टोलीले उपाधि जित्नेछ ।

ओमान नेपाल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय