+
+

सडक मर्मत गरी यातायात सहज बनाउन भौतिक र रक्षामन्त्री छलफल

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १६ गते १४:३३

१६ असोज, काठमाडौं । बाढीपहिरोले अवरुद्ध सडक मर्मत गरी यातायात सहज बनाउने विषयमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र रक्षामन्त्री मानवीर राईबीच छलफल भएको छ ।

बुधबार यातायात मन्त्रालयमा भएको छलफलमा क्षतिग्रस्त सडक मर्मत र निर्माणका लागि दुवै मन्त्रालयबीच सहकार्य गर्नेबारे कुराकानी भएको मन्त्रालयले जनाएको छ ।

चाडपर्वका बेला भएकाले जतिसक्दो चाँडो सडक मर्मत तथा निर्माण गरी यातायात सहज बनाउन रक्षा मन्त्रालयले पनि सहयोग गर्ने भएको छ । बीपी राजमार्गका क्षतिग्रस्त विभिन्न खण्ड मर्मतका लागि आवश्यक परे रक्षा मन्त्रालय मार्फत नेपाली सेनाको समेत सहभागिता गराइ सवारी आवागमन सहज बनाउन मन्त्रीहरूबीच छलफल भएको हो ।

छलफलमा मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक रामहरि पोखरेल लगायत सहभागी थिए । सडक विभागले क्षतिग्रस्त सबै स्थानमा प्राविधिक तथा उपकरण परिचालन गरी सवारी आवागमन सहज बनाउने काम जारी रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?