+

पहिलोपटक आमाबाबु बनेका दम्पतीले बच्चाको बारेमा जान्नैपर्ने १० कुरा

२०८१ असोज  १८ गते १६:२० २०८१ असोज १८ गते १६:२०
पहिलोपटक आमाबाबु बनेका दम्पतीले बच्चाको बारेमा जान्नैपर्ने १० कुरा

आमाबाबु बन्नु जीवनकै एक अविस्मरणीय क्षण हो, जसमा खुसीका साथै जिम्मेवारीको भारी पनि थपिन्छ । पहिलो पटक अभिभावक बन्नेका लागि यो अनुभव थप चुनौतीपूर्ण हुनसक्छ, किनकि उनीहरूले बच्चाको हेरचाहमा अनगिन्ती कुरा सिक्नुपर्ने हुन्छ । बच्चाको राम्रो स्वास्थ्य र विकासका लागि सानातिना कुरामा समेत ध्यान दिनु महत्त्वपूर्ण हुन्छ ।

प्रत्येक नयाँ आमाबाबुले आफ्ना शिशुको बारेमा जान्नैपर्ने १० कुरा

दूध खुवाउने नियम

नवजात शिशुलाई हरेक दुई-तीन घण्टामा दूध खुवाउन आवश्यक हुन्छ । यो नियमितता बच्चाको तौल र विकासका लागि अत्यावश्यक हुन्छ । दूध खुवाउँदा शिशुको शरीरमा पर्याप्त पौष्टिक तत्त्व पुग्न मद्दत गर्छ ।

डकार गर्न लगाउने

दूध खाएपछि बच्चालाई डकार गराउनु जरुरी छ । यसका लागि बच्चालाई काँधमा राखी उसको ढाडमा बिस्तारै सुमसुम्याउनुपर्छ । यसले पेटमा रहेका ग्यास निस्कन मद्दत गर्छ र बान्ता गर्ने सम्भावना कम हुन्छ ।

पिसाबको जाँच

दिनमा कम्तीमा ६–७ पटक बच्चाले पिसाब फेर्नुपर्छ । यसले बच्चालाई पर्याप्त पोषण प्राप्त भइरहेको सङ्केत गर्छ । पिसाबको मात्रा र फेराइमा कमी भएमा चिकित्सकसँग परामर्श लिनुपर्छ ।

दिसाको नियमितता

बच्चाले दिनमा धेरै पटकदेखि दुई दिनमा एकपटक दिसा गर्नु सामान्य हुन्छ । यदि बच्चाले सामान्य रूपमा दिसा गरिरहेको छ भने त्यसमा कुनै समस्या हुँदैन । तर यदि बच्चाले सामान्य रूपमा दिसा गरिरहेको छैन भने चिकित्सकलाई देखाउनु उचित हुन्छ ।

डाइपरको सही प्रयोग

बच्चालाई दिनभर डाइपर लगाइदिनु स्वास्थ्यका दृष्टिले हानिकारक हुनसक्छ । दिनभरि बच्चालाई डाइपर लगाइदिंदा उसलाई डाइपर र्‍यासेस हुनसक्छ । यस्तो हुन नदिन केही समय बच्चालाई डाइपर विना पनि राख्नुपर्छ ।

इक्क लाग्नु

बच्चालाई इक्क आउनु सामान्य कुरा हो । त्यसैले बच्चालाई इक्क आयो भनेर डराउनु पर्दैन । इक्क आउँदा बच्चालाई काँधमा लिएर बिस्तारै सुमसुम्याउनु राम्रो हुन्छ ।

खोकीको उपचार

हल्का खोकी बच्चामा सामान्य हुनसक्छ । यदि खोकीको कारण नाकमा जमेको पाप्रो हो भने ‘नोज ड्रप’ प्रयोग गर्न सकिन्छ । नोज ड्रपको प्रयोगले पनि खोकी रोकिएन भने चिकित्सकको सल्लाह लिनुपर्छ ।

दूध खुवाउने स्थिति

आमाले शिशुलाई सुताएर दूध खुवाउनु हुँदैन, विशेषगरी दुई महिनाभन्दा मुनिका शिशुलाई । सुताएर खुवाउँदा कानमा सङ्क्रमणको खतरा हुन्छ ।

सुताउने तरिका

बच्चालाई सधैं ढाडको बलमा सुताउनुपर्छ । पेटको बलमा वा घोप्टो पारेर सुताउँदा घाँटी र श्वासप्रश्वासमा समस्या हुनसक्छ ।

रुने समस्याको समाधान

पहिलो तीन-चार महिनासम्म बच्चाले पेट दुखाइका कारण धेरै रुने गर्छन् । यस्तो अवस्थामा बच्चाको पेटलाई गोलो आकारमा मसाज गर्न सकिन्छ । यसो गर्दा बच्चालाई आराम मिल्छ ।

नयाँ अभिभावकले यी आधारभूत कुरा ख्यालमा राख्दा शिशुको समग्र स्वास्थ्यमा सुधार ल्याउन मद्दत पुग्छ । जिम्मेवारी भनेको शिशुको हेरचाहमा मात्रै होइन, उसका लागि सही निर्णय लिनमा पनि हुन्छ ।

डा. बाबुराम पाण्डे नवजात शिशु

धेरै कमेन्ट गरिएका

डा. बाबुराम पाण्डे
लेखक
डा. बाबुराम पाण्डे
बालरोग विशेषज्ञ

डा. पाण्डे हाल राप्ती एकेडेमी अफ हेल्थ साइन्सेसमा कार्यरत छन् । बालरोगमा एमडी गरेका उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर २२७७९ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय