+
+

राष्ट्रसंघका महासचिवलाई इजरायल प्रवेशमा रोक

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १६ गते १६:५०

१६ असोज, काठमाडौं । इजरायलले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई देशमा प्रवेश गर्न रोक लगाएको छ ।

राष्ट्रसंघका महासचिव गुटेरेसनलाई इजरायल प्रवेशमा प्रतिबन्ध लगाएको विदेशमन्त्री इजरेल काट्जले ट्वीटरमार्फत जानकारी दिएका हुन् ।

उनले भनेका छन्, ‘जसले इरानले इजरायलमाथि गरेको जघन्य हमलाको प्रष्ट रुपमा निन्दा गर्न सक्दैन, उसलाई इजरायली जमिनमा पाइला राख्ने कुनै हक छैन ।’

गुटेरेसले ७ अक्टोबरमा हमासले गरेको आक्रमणको निन्दा नगरेको उनको आरोप छ । साथै हमासलाई आतंकवादी संगठन घोषणा गर्ने कुनै पहल नगरेको तथा हमास, हिज्जबुल्लाह र हुतिपछि अब इरानको तर्फबाट भएको हत्याको समर्थन गरेको काट्जले बताएका छन् ।

उनले भने, ‘उनलाई राष्ट्रसंघको इतिहासको दागका रुपमा याद गरिनेछ ।’ राष्ट्रसंघका महासचिव गुटेरेसको साथ विना नै इजरायलले आफ्ना नागरिकको रक्षा गर्ने उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?