
भारी वस्तु नउठाउने
नसा च्यापिने बिरामीहरुको ढाड अत्यन्त नाजुक हुने गर्छ । भारी वस्तु उठाउँदा मेरुदण्डमा तनाव बढ्छ । यसर्थ ढाडमा थप तनाव रोक्न भारी वस्तु उठाउनबाट बच्नुपर्छ ।

मेरुदण्डमैत्री कुर्सी
मेरुदण्डमैत्री कुर्सीको प्रयोग गर्नुपर्छ । बस्दा ढाडको तल्लो भागलाई सपोर्ट गर्न कुशन वा लम्बर रोलको प्रयोग गर्न सकिन्छ ।

ओछ्यानको छनोट
सामन्यतया एक इन्च जति बाक्लो कपासको बिछ्यौनामा सुत्नु ढाडका लागि राम्रो हुन्छ । सुत्दा सिधा सुत्ने बानी बसालौं । नसा च्यापिइसके पछि भने खुट्टा खुम्च्याएर सजिलो हुनेगरी गोडामुनि तकिया राखेर सुतौं ।

स्वस्थ तौल कायम राख्ने
नसा च्यापिएका व्यक्तिले स्वस्थ तौल कायम राख्नुपर्ने हुन्छ । स्वस्थ तौलले मेरुदण्डमा दबाब कम गर्छ, जसले डिस्कको समस्या कम गर्न मद्दत गर्छ ।

बेल्टको प्रयोग गर्नुहोस्
नसा च्यापिएका व्यक्तिले मेरुदण्ड वा गर्दनमा लगाउने बेल्टको प्रयोग गर्नुपर्ने हुन्छ । बेल्टले प्रभावित क्षेत्रमा तनाव कम गर्न र गतिविधिहरूमा अतिरिक्त सपोर्ट प्रदान गरी दुखाइ व्यवस्थापन गर्न र रिकभरीमा मद्दत गर्छ ।