+
+

थाई एयर एसियाले थाल्यो नेपाल उडान

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १६ गते १८:२०

१६ असोज, काठमाडौं । थाई एयर एसियाले नेपाल उडान थालेको छ । कम्पनीले बैंकक–काठमाडौं–बैंकक रुटमा बुधबार पहिलो उडान गरेको हो ।

योसँगै थाइल्यान्डमा थप एक प्रतिस्पर्धी कम्पनी आएको छ । यसअघि नेपाल एयरलाइन्स, थाई एयर र थाई लायनले नियमित उडान गरिरहेका छन् ।

थाई एयर एसियाले साताको तीन उडान गर्ने र अकुपेन्सी (सिट भराइ दर) राम्रो हुँदै जाँदा दैनिक उडान योजना बनाएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सान्तिसुक क्लोङचैयाले जानकारी दिए ।

एसियाली बजारमा राम्रो सञ्जाल रहेको थाई एयर एसियाले नेपालमा समेत स्तरीय सेवा दिने उनको भनाइ छ । कम्पनीका प्रतिनिधिले यसै साता भैरहवामा समेत अध्ययन गर्दैछन् ।

नेपालका सबै अन्तर्राष्ट्रिय विमानस्थलमा सेवा विस्तार गर्ने योजना रहेको भन्दै थाई एयर एसियाले सोही सिलसिलामा भैरहवामा अध्ययन गर्न खोजेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?