
१६ असोज, काठमाडौं । ललितपुरको बालकुमारीमा बुधबार साँझ एक पुरुषको शव फेला परेको छ ।
मनोहरा खोला किनारमा शव देखिएपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शेखर खनालका अनुसार उक्त शव खोलाले बगाएर ल्याएको आशंका गरिएको छ ।
शवको पहिचान भएको छैन । शव पोस्टमार्टमका लागि पाटन अस्पताल लगिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4