+

मधेशलाई हराउँदै चितवनले निकाल्यो दोस्रो जित

२०८१ असोज  १६ गते २३:५४ २०८१ असोज १६ गते २३:५४
मधेशलाई हराउँदै चितवनले निकाल्यो दोस्रो जित

१६ असोज,काठमाडौं ।  एभरेष्ट वुमन्स भलिबल लिग(इडब्ल्युभीएल) २०२४ मा बुधबार भएको अन्तिम खेलमा चितवन शक्तिले मधेश युनाइटेडलाई ३–१ सेटमा हराउँदै दोस्रो जित हात पारेको छ ।

राष्ट्रिय खेलकुद परिषदको कर्भड हलमा भएको आफ्नो तेस्रो खेलमा चितवनले मधेशलाई २५–२०, २५–१९, १९–२५, २५–२१ ले हराएको हो । पहिलो, दोस्रो र चौथो सेटमा जित्दै चितवनले खेल जितेको हो ।

पहिलो खेलमा गण्डकी थन्डर्सलाई ३–१ ले पराजित गरेको चितवनको लिगमा यो दोस्रो जित हो ।

पहिलो सेटको पहिलो अंक लिएको चितवन ६–३ ले पछि पर्यो । १३ बराबरीमा आएर मात्रै चितवनले मधेशलाई भेट्टाएको थियो । त्यसपछि भने १७ अंकसम्म दुवै टिम बराबरीमा आएका थिए । त्यसपछि भने चितवन शक्तिले २१–१७ मा ल्याएको थियो । त्यसपछि भने २५–२० ले चितवनले पहिलो सेट जित्यो ।

दोस्रो सेटमा चितवनले ४–० को अग्रता लिएको थियो । त्यही अग्रतालाई कायम राख्दै चितवनले १०–३ को अग्रता लियो । १५–६ को अग्रता बनाउँदै चितवनले दोस्रो सेटमा पनि मधेशमाथि हाबी रह्यो । मधेशको भने आजको खेलमा तालमेलको निकै कमी रह्यो । त्यसमा पुन: मधेश युनाइटेडले खेलमा पुनरागमन गर्यो । तर सेट भने चितवनले २५–१९ ले जित्यो । ठूलो अंकको अग्रता हुँदा चितवनले केही युवा खेलाडीलाई पनि मौका दियो । जसले गर्दा मधेशले १० अंकको चितवनको अग्रता घटाउने मौका पाएको थियो । तर पुनरागमन भने गर्न सकेन ।

तेस्रो सेटमा भने मधेशले अग्रता बनायो । जसलाई चितवनले ५ अंकमा आएर बराबरी बनायो । त्यसपछि पनि यो सेटमा १५ अंक सम्म अग्रता बनाइ रह्यो । १५ अंकमा आएर भेटेको चितवनले पुन लय बिग्रार्दा २५–१९ ले तेस्रो सेट सुम्पियो ।

चौथो सेटमा पनि खेल प्रतिस्पर्धात्मक खेल नै रह्यो । चौथो सेटमा लगातार अग्रता बनाएको चितवनले बिचमा मोमेन्टम गुमायो । चितवन खेलमा पुन: फकर्दै २०–१७ को अग्रता बनायो । चौथो सेटमा मधेशकी मार्की प्लेअर निरुता ठगुन्ना घाइते हुँदा मधेश झन पछि परेको थियो । त्यसपछि चितवनले चौथो सेटमा २५–२१ ले हराउँदै खेल जितेको हो ।

चितवनले पहिलो खेलमा गण्डकी थन्डर्सलाई हराएको थियो भने दोस्रो खेलमा काठमाडौं स्पाइकर्ससँग हारेको थियो ।

चितवनले ३ खेलबाट ६ अंक जोडेको छ । तीनवटै खेल जितेर अपारजित रहको कर्णाली यस्विस ८ अंकसहित शीर्ष स्थानमा छ । काठमाडौं स्पाइकर्स र ललितपुर क्विन्सको पनि समान ६ अंक नै छ ।

मधेशको भने यो लगातार तेस्रो हार हो । मधेशले लिगको पहिलो खेलमा कर्णाली यस्वीस सँग हारेको थियो भने दोस्रो खेल ललितपुरसँग हारेको थियो । मधेशसँगै गण्डकी थण्डर्स जारी लिगमा जितविहिन छन् ।

एभरेष्ट वुमन्स भलिबल लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय