+

नेपालले ओमानलाई दियो १५८ रनको लक्ष्य

२०८१ असोज  १७ गते ०:२१ २०८१ असोज १७ गते ०:२१
नेपालले ओमानलाई दियो १५८ रनको लक्ष्य

१७ असोज, काठमाडौं – नेपालले त्रिकोणात्मक टी२० आई सिरिजमा ओमानलाई १ सय ५८ रनको लक्ष्य दिएकोछ । किंग सिटीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै १५७ रन बनायो ।

नेपालका कप्तान रोहित पौडेलले ४४ बलमा २ चौका र ४ छक्कासहित ५६ रनको अविजित अर्धशतकीय इनिङ खेले । अन्य ब्याटरले भने खासै राम्रो गर्न सकेनन् ।

ओपनर अनिल साह ११, आसिफ शेख १६, देव खनाल १८, दीपेन्द्रसिंह ऐरी १, गुल्सन झा २ र कुशल भुर्तेल ११ रनमा आउट भए ।

ओमानका फयाज बटले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । कलिमुल्लाह, सकिल अहमद र अकिब इलियासले १(१ विकेट लिए ।

 

त्रिकोणात्मक टी२० आई सिरिज

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय