+
+

‘बेहुली फ्रम मेघौली’ आजदेखि हलमा, ओपनिङ अकुपेन्सी उत्साहजनक

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १७ गते ८:१३

काठमाडौ । दशैंको पहिलो दिन ‘बेहुली फ्रम मेघौली’ फिल्म आजदेखि देशब्यापी प्रदर्शनमा आएको छ । निश्चल बस्नेत र स्वस्तिमा खड्का अभिनित यो फिल्मले देशभरका हलमा ३३५ शो पाएको जनाइएको छ ।

विहिबार घटस्थापनाको बिदाको अवसरमा रिलिज भएको शनिबारसम्म फिल्मले ३ दिनको सप्ताहन्त प्राप्त गर्नेछ । विहिबार एकल रिलिज भएकाले पनि फिल्मलाई सुखद ओपनिङको मौका छ ।

साजन काफ्ले आकाश बरालको लेखन तथा निर्देशन रहेको यो फिल्म नेपाली समाजमा विद्यमान विवाह संस्कार र पद्दतिमाथि आधारित छ । उमेरले ३० पुगेकी युवतीलाई योग्य वर पाउन हुन सकस र संघर्षको कथा यसमा छ । सोसल ड्रामा यो फिल्मको शीर्ष भूमिकामा स्वस्तिमा छिन् ।

१२९ मिनेट रनटाइमको यो फिल्मलाई युनिभर्सल सर्टिफिकेट प्राप्त छ ।

‘बिहानी अकुपेन्सी उत्साहजनक’

फिल्मले राम्रो ओपनिङको संकेत दिएको छ । किनभने, देशभर बिहान (८ बजे)सम्मको अकुपेन्सी हेर्दा निकै सन्तोषजनक देखिन्छ । काठमाडौं, चितवन, बुटवल, पोखरामा अकुपेन्सी ५० प्रतिशत हाराहारीमा छ ।

नारायगढ, भरतपुर र बुटवलमा बिहानीका शोजको अकुपेन्सी लगभग शतप्रतिशत देखिन्छन् । पूर्व र पश्चिमका सहरस्थित हलमा समेत अकुपेन्सी २० प्रतिशत हाराहारीमा छ जुन निकै उत्साहप्रद हो ।

पछिल्लो समय नेपाली फिल्म कुनै क्षेत्र विशेषमा मात्र चल्ने गरेकोमा, यो फिल्मले भने देशब्यापी उत्साहजनक प्रदर्शनको संकेत गरेको छ । मध्यान्ह र अपरान्ह अकुपेन्सीमा वृद्धि हुने देखिन्छ ।

विहिबार अन्य नयाँ फिल्म पनि नभएको र घटस्थापनाको बिदाको कारणले पनि दर्शक हलसम्म पुग्ने अनुमान छ । चलिरहेका अन्य फिल्मको अकुपेन्सी कमजोर भएको फाइदा पनि ‘बेहुली फ्रम मेघौली’ले उठाउन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?