+
+

भारी वर्षाले विराटनगर एयरपोर्टमाथि श्री एयरको जहाज आधा घण्टा होल्ड

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १७ गते ९:१३
आकाशमा केहीबेर होल्ड गरेपछि विराटनगर विमानस्थलमा अवतरण गरेको श्रीएयरको जहाज । फोटो : पवन भट्टराई

१७ असोज,विराटनगर । भारी वर्षा र हावाका कारण विराटनगर विमानस्थलको उडान अवतरण केही समय प्रभावित भएको छ । जसका कारण काठमाडौँबाट विराटनगरका लागि उडेको श्री एयरको विमान करिब आधा घण्टा आकाशमै होल्ड भएको छ ।

विमानस्थल नखुलेपछि विमानले आकासशमा ६ फन्को लगाएको थियो । आज बिहानै खुलेको विमानस्थल भारी वर्षा र हावा चलेपछि करिब ८ बजेपछि बन्द भएको थियो । वर्षा कम भएपछि साढे ८ बजे एयरपोर्ट खुलेको हो ।

एयरपोर्ट खुलेपछि श्री एयरको जाहाज अवतरण भएको विराटनगर विमानस्थल प्रमुख सुभास झाले बताए । ‘ल्याण्ड गर्ने बेलामा वर्षा र हावाहुरी चलेपछि आकाशमै होल्ड भएको हो,’ उनले भने,‘एयरपोर्ट खुलेपछि विमान ल्याण्ड भयो ।’

विराटनगरमा बिहीबार बिहानैदेखि वर्षा भइरहेको छ । विराटनगरमा एयरपोर्टमा रहेको  वर्षा मापन केन्द्रमा पछिल्लो तीन घण्टामा ४०.६ मिलिमिटर वर्षा मापन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?