+

बायर्न म्युनिखमाथि एस्टन भिल्लाको जित

२०८१ असोज  १७ गते ९:२७ २०८१ असोज १७ गते ९:२७
बायर्न म्युनिखमाथि एस्टन भिल्लाको जित

१७ असोज, काठमाडौं । युरोपियन च्याम्पियन च्याम्पियन्स लिगको लिग चरणमा प्रिमियर लिग क्लब एस्टन भिल्लाले जर्मन महाराथी बायर्न म्युनिखमाथि शानदार जित हात पारेको छ ।

गएराती भएको खेलमा भिल्लाले बायर्नलाई १-० ले पराजित गरेको हो । घरेलु मैदान भिल्ला पार्कमा भएको खेलमा एस्टन भिल्लाका लागि जोन डुरानले ७९औं मिनेटमा निर्णायक गोल गरे ।

च्याम्पियन्स लिगमा भिल्लाको यो लगातार दोस्रो जित हो । पहिलो खेलमा भिल्लाले योङ व्याजलाई पराजित गरेको थियो । लगातार दोस्रो जितपछि ६ अंक जोडेको भिल्ला छैटौं स्थानमा छ ।

पहिलो हार व्यहोरेको बायर्न भने २ खेलबाट ३ अंकसहित १५औं स्थानमा छ । यस पटक फरक शैलीमा भइरहेको च्याम्पियन्स लिगमा ३६ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।

 

बायर्न म्युनिख

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय